vada
News

पाटन अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । यस्तै ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार गएको १८ गते अस्पताल भर्ना भएकी ३८ वर्षीय महिलाको आज बिहान १ बजे कोरोनाबाट मृत्यु भएको हो । कोरोना संक्रमित महिलाको आइसीयूमा उपचार भइरहेको थियो ।

उक्त महिलामा इन्सेफ्लाइटिसको समस्या रहेको बताइएको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ |

Related Articles

Back to top button