पैसाको निम्ति ह’त्या गरेको खुलासा, गंगबु ह”त्या प्रकरण(भिडियो)
काठमाडौं – काठमाडौंको गंगबुमा भएको कृष्ण बहादुर बोहोरा विभस्त ह’त्या प्रकरणले नयाँ रूप लिएको छ ।
प्रशासन समक्ष प्रकरण आरोपी कल्पना पौडेलले स्वीकार गरि दिएको बयान आफ्नो अश्लील तस्वीर सामाजिक संजालमा भाइरल गराउँछु भन्दा आफूले ह’त्या गरेको बयान झु’टो सावित भएको छ ।
मृ’त्यु भएका कृष्ण बहादुर बोहोराकी साथी एलिजाले त्यस्तो नभइ पैसाको निम्ति ह’त्या गरेको मिडियासामु बताएकी छिन् । एलीजाले बोहोराको मृ’त्यु हुनुभन्दा ३ दिन अगाडि भेटेको बताएकी छिन् । भेटेको ३ दिनपछि घ’टना घटेको उनले बताएकी छिन् ।
भेटमा बोहोराले कल्पना पौडेललाई ५० लाख दिएको बताएका थिए । चितवनमा बसोबास गर्ने कल्पना बोहोरालाई भेट्न केहीदिन अगाडि काठमाडौं आएकी थिइन् बोहराको दोस्रो श्रीमती बन्छु भन्ने कल्पनाले बोहोरा विदेशमा बस्दा ५० लाख ॠण मागेकी रहेछिन् तर समय वित्दै जाँदा उनीहरू प्रेम सम्बन्धमा परेको बोहोराले आफ्नो साथी एलिजालाई बताएका रहेछन् ।
प्रेम सम्बन्धमा रहेकी कल्पनाको श्रीमान विदेशमा रहेको जानकारी दिएकी छिन् । सम्बन्धमा रहेको ५ वर्ष पुग्दापनि श्रीमानसँग छोडपत्र नभएपछि बोहोराले कल्पनालाई कि जीवनसाथी बन्नुपर्छ नत्र ५० लाख २प्रतिशतको साथमा दिनुपर्छ भन्ने जानकारी साथी एलिजालाई बताएका थिए ।