vada
News

नेपालमा हालसम्म १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

२७ साउन, काठमाडौं । नेपालमा अहिलेसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ जना, प्रदेश २ मा ७८ जना, वाग्मती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा २० जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरुमा ६० जना महिला र एक सय २३ जना पुरुष रहेको स्वास्थ्य था जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button