vada
Video

अन्तत : पत्ता लाग्यो घर, कृष्णबहादुर बोहोराकी छोरी मिडियामा (भिडियो)

आइतबार गोंगबुमा मृ’त भेटिएका व्यक्तिको ह-त्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले घ’टना भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार घ’टनापछि जेब्रा झोलामा टा उको र खु’ट्टा तथा घाँ’टी मुनिदेखि घुँडामाथिसम्मको भाग सु’टकेसमा हा’लेर फ्याँ’किएको अवस्थामा श’व फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृ’त व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा श’व फ्याँ’किएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा घ’टना भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार श’व भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको ह ‘त्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले घ’टनामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र घ’टनापछि श’व फा’लेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने ह-त्याको अनु’सन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म ह -त्यामा संलग्न व्यक्ति पक्र’ाउ नपरेको बताए ।

Related Articles

Back to top button