News
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौं – मंगलबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो तनि दिनमा सुनको मूल्य लगातार घटिरहेको छ ।
सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले घटेर प्रतितोला प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
आज तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १ हजार १ सय रुपैया कारोबार भइरहेको जनाइएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।