vada
News

थप आज काठमाडौंमा थपिए ४४ जना संक्रमित…

काठमाडौं / काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भक्तपुरका ४ जना, काठमाडौंका ३६ जना र ललितपुरका ४ जना गरी कुल ४४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ।?पछिल्लो २४ घण्टामा ११० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ। हालसम्म ७९ जनाको कोरोना ले मृत्यु भएको छ।

Related Articles

Back to top button