News

आज नायिका सुहाना थापाको जन्मदिन, हेर्नुस् कति बर्षमा लागिन् ?

काठमाडौं / आज वैशाख २६ गते ‘ए मेरो हजुर ३’ डेव्यु गर्ल अर्थात नायिका झरना थापाकी छोरी सुहाना थापाको जन्मदिन परेको छ । उनको जन्मदिन १९९६ मार्च ८ मा काठमाडौंमा भएको हो ।

उनी २२ वर्ष पुरा भएर २३ मा प्रवेश गरेकी छिन् । पहिलो फिल्मबाट वाही वाही बटुलेकी सुहानालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ ।

सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी एक्ली छोरी हुन् । सुहानालाई आमा झरना थापाको पथ पछ्याउने नायिकाको रुपमा हेरिएको छ ।

अभिनयमा अब्बल सुहाना शालिन बोलीचाली सबैलाई राम्रो प्रभाव पारेकी छन् । अमेरिकामा पढ्दै गरेकी सुहाना पर्ढासँग सँगै अभिनयलाई पनि अगाडी बढाउने योजनामा छिन् ।

Related Articles

Back to top button
Close