vada
News

कोरोनासँग मिल्ने लक्षण देखिएका दुई जनाको मृत्यु

धनुषा । धनुषामा कोरोनाभाइरससँग मिल्ने लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वास फेर्न समस्या देखिएका मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनी जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए ।

तर, बिदामा रहेका उनलाई एक्कासी एक्कासी ज्वरो, रुघाखोकीसहित श्वास फेर्न गाह्रो भएपछि शनिबार राति उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो । उनको स्वाब संकलन गरेर कोरोना भए नभएको परीक्षण गर्ने कार्य भइरहेको छ ।

साथै श्वास पर्ने गाह्रो भएपछि अस्पताल भर्ना गरिएका शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । जनकपुरधामस्थित काव्य अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएको उनको पनि स्वाब संकलन गरेर कोरोना भए नभएको परीक्षण गर्ने कार्य भइरहेको छ ।

Related Articles

Back to top button