vada
News

उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि

काठमाडौं – वीरगञ्जमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै वीरगञ्जमा शुक्रबार राति मृत्यु भएकी २० बर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी उक्त युवतीलाई अस्पतालले भर्ना लिन नमान्दा शुक्रबार मृत्यु भएको थियो ।

नारायणी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा उक्त युवतीको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । वीरगञ्जका बिभिन्न अस्पतालमा उपचार गर्न नमानेपछि उपचार नपाएर नै युवतीको मृत्यु भएको आफन्तले बताएका छन् ।

Related Articles

Back to top button