News

कोरोनाबारे प्रधानमन्त्री ओलीले गरे यस्ताे भयानाक खुलासा!

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गरेका छन् ।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरुको संसद भवनमा पिसिआर टेष्ट सुरु भएको छ ।
सांसदहरुले संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था रहेको छ ।

ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ ।

संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्ने, सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।

सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ ।

Related Articles

Back to top button
Close