vada
News

आज फेरी थपिए २ जना कोरोना संक्रमित , संक्रमितको संखा १०१ पुग्यो

काठमाडौं । आज फेरी २ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालय का अनुसार कपिलबस्तुमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button