vada
Video

केयर बाल गृहका बच्चाहरु रुदै यस्तो अबस्थामा भेटिए, कस्को आँखा नरसाउला र (भिडियो)

काठमाडौं । बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । त्यहाँवाट ११ जना बालबालिकालाई उद्दार गरिएको हो ।

उनीहरुले बालगृहमा आफुहरुलाई सेवा गर्ने अरु सबैले माया गर्ने पनि बताएका छन् । पुष्पा आमाले पनि आफुहरुलाई निकै माया गर्ने बताए । अर्का युट्युवर भाग्य न्यौपानेले आफुहरुलाई अरु माया गर्ने आमासंग लगिदिने भनेको पनि उनीहरुले बताएका छन् ।

काठमाडौं कपनको केयर बालगृहमा रहेका यि ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा रहेकी महिला गर्भावस्थामा आएर नेपालमा बच्चालाई जन्म दिएपछि सो बच्चा बालगृहमा जिम्मा दिइएको थियो । तर बालगृहकी संचालक पुष्पा अधिकारीले वेवारिसे फेला पारेको भन्ने देखाउन सडकमा लगेर बच्चालाई राखेकी थिइन् ।

बे’वारिसे बच्चा फेला परेको र आफुले संरक्षण गरेको भन्दै मिडियावाजी गरेपछि विवादित भएको सो बालगृहवाट सबै बालबालिकालाई उद्दार गरिएको हो । बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उनले चार वर्ष अघि देखि आफ्नै घरमा बालबालिकालाई संरक्षण दिँदै आएकी थिइन् । एक वर्ष यत यस्तै युट्युवरहरुको सहयोगवाट रकम पनि संकलन भएको थियो । उनलाई बच्चा देखाएर पैसा उठाउने ध’न्दा गर्न लागेको आ’रोप लागेको छ ।

Related Articles

Back to top button