अनमोल र उपासना कोरोना रिपोर्टको पर्खाइमा
काठमाडौँ। अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीले आफ्नो कोरोना परिक्षण गराएका छन्। केही दिन अगाडि यमाहाको साथमा फोटोसुट गराएका थिए। यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ्गमा अनमोल र उपासना दुवै परेका हुन्।
यामाहाको ब्रान्ड एम्बासेडर रहेका अभिनेता केसीले विज्ञापनका लागि फोटोसुट गराएका थिए। अभिनेता केसी र अभिनेत्री उपासना सिंह ठकुरीले फोटोसुट गराउने क्रममा यामाहाको कार्यालयका एक जना महिला कर्मचारी पनि उपस्थित थिइन्।
उक्त महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अभिनेता केसी र अभिनेत्री ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। दुवैले पिसीआर टेष्ट गरिसकेका छन् र नतिजाको पर्खाइमा रहेका छन्। उपासनाको आज रोपोर्ट आउने बताएकी छिन्। उपासनाले आफू नतिजाको पर्खाइमा रहेको र आइसोलेसनमा बसेको बताएकी छिन्।
यामाहाको टिमले जानकारी गराएसँगै आफूले कोरोना परीक्षण गराएको तर, हालसम्म रिपोर्ट आइनसकेको अभिनेता केसीको भनाइ छ। रिपोर्ट नआइन्जेलसम्म घरमै आइसोलेसनमा रहने अभिनेता केसीले जनाएका छन्।