News
फेरि ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौं/सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ ।
बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरावट आउँदै ७५ हजार रुपैँयामा कारोबार भएको हो ।
तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।