News
अख्तियार आयोगका थप २२ जनामा कोरोना
२२ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचारीलाई कोरोना परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ ।
अख्तियार स्रोतका अनुसार एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो। २२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले झण्डै तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए।