vada
News

सर्लाहीमा आजदेखि साउन २७ गतेसम्म ‘लकडाउन’

सर्लाली, २० साउन / कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा भोलि ९बिहीबार० देखि साउन २७ गतेसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार सूचना जारी गर्दै कडा निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभएको छ ।

कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

अनुमति प्राप्त सवारीसाधनबाहेक केही पनि चलाउन नपाउने उल्लेख छ । आवश्यक कामबाहेक घरबाहिर निस्कनसमेत रोक लगाइएको छ ।

Related Articles

Back to top button