vada
News

आजदेखि इटहरीमा कडा लकडाउन

काठमाडौं २१ साउन / इटहरी उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार आजदेखि लागू हुने गरी उपमहानगरपालिकाले मंगलबार लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिईइको थियो ।

१५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।राजधानी दैनिकबाट

Related Articles

Back to top button