vada
News

जंगली च्याउ खाँदा सात वर्षीया छोरीसहित आमाको ज्यान गयो

अर्घाखाँची। जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ ।

जिल्लाको भुमिकास्थान नगरपालिका ६ खिल्जी निवासी ३२ वर्षीय रामकला महत्रा र उनकी सात वर्षीया छोरी बिपाको ज्यान गएको छ ।

सोही परिवारका दुई जना सि’किस्त बि’रामी परेका छन् ।घर नजिकै जंगलबाट ल्याएको च्याउ खाँदा रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा २१ गते शनिबार राति मृ’त्यु भएको थियो भने उनकी छोरी बिपाको पनि उपचारको क्रममा लुम्बिनी सिटी अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बि’रामी भएकी मृतक महत्राकी सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्राको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ। बैशाख १७ गते दिउसो जंगलबाट ल्याएको च्याउ प’काएर खाँदा स्वास्थ्यमा सा’मान्य स’मस्या आएपछि बैशाख १८ गते स्थानीय मेडिकलमा उपचार गरेका थिए। पुस १९ गते राती च्याउ खाएका सबैमा स्वास्थ्य स’मस्या देखिएको थियो ।

लगातार प’खाला र बा’न्ता चलेपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा ल्याईएको थियो। त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि बुटवल रि’फर गरेको थियो।

मृ’तक रामकलाका ससुरा डोमबहादुरले च्याउ न’खाएको पाइएको छ। ‘जंगलको च्याउ नखान भन्दा परिवारले न’मानी खाएपछि बि’रामी परेको’ ससुरा डोमबहादुरले बताए। मृ’तक बिपा महत्राको श’वको मंगलबार पो’ष्टमार्टम गरी प्रहरीले आ’फन्तको जिम्मा लगाएको छ।

Related Articles

Back to top button
Close