बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?
काठमाडौं २० साउन / केही दिन देखी स्थिर रहेको अमेरिकी डलरको मूल्य भने बढेको छ । अमेरिकी डलरको मूल्य मंगलबार बढेर ११९ रुपैयाँ ७३ पैसामा कारोबार भएको पाल राष्ट्र बैंकले जनाएको छ । बैकंका अनुसार आज मंगलबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर र १ को विक्रीदर १२० रुपैयाँ ४३ पैसा रहेको छ।पाउण्ड स्टर्लिङ १ को खरिददर १५५ रुपैयाँ ९६ पैसा, विक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ। यूरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा, विक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ १० पैसा, विक्रीदर ८५ रुपैयाँ ५२ रहेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ६० पैसा, विक्रीदर ३२ रुपैयाँ ७६ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा, विक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ।त्यस्तै साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा, विक्रीदर ३२ रुपैयाँ ०८ पैसा, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा, विक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।