vada
Video

नेपालमा कोरोना संक्रमणले रुप परिवर्तन गर्ने सम्भावना, सबै सचेत रहनु पर्छ : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

काठमाडौं । काठमाडौं उपत्यकासहितका शहरहरुमा कोरोनाभाइरस संक्रमण बढेको भन्दै चिन्ता जनाउन थालिएको छ । तर, समुदायमा कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि हुन भने बाँकी रहेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अन्र्तगतको क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए । समुदायमा संक्रमण देखिएको भनिए पनि यसलाई अनुसन्धानले पुष्टि गर्न बाँकी रहेको जानकारी दिएका डा पुनले हालसम्म युवा समूहमा बढी कोरोना संक्रमण देखिएको बताए ।

घरबाहिर कामकाजका लागि युवा हिँड्ने भएकाले उनीहरु संक्रमणको जोखिममा परेको प्रस्टाएका उनले तर, अब अवस्था यही रहिरहन्छ भन्ने नरहेको जानकारी दिए । घरमै रहेका केही व्यक्तिमा देखिएकाले कोरोना संक्रमणले रुप परिवर्तन गर्न सक्ने उनको भनाइ छ ।

हालसम्म युवा समूहमा कोरोनाको संक्रमण रहेकाले मृत्युदर निकै कम रहेको बताएका डा. पुनले अहिले कोरोना संक्रमितको मृत्युदर शून्य दशमलव २५ रहेको जानकारी दिए । तर, आममानिस सचेत नहुने हो भने यसको प्रतिशत बढ्नेको उनको चेतावनी छ ।

लकडाउन हटाएसँगै सार्वजनिक यातायात सुचारु भएका छन् भने बजार पसल, कार्यालय पनि खुलेका छन् । मानिस आफ्नो पूर्ववत अवस्थामा फर्किएका छन् । तर, सावधानी नपनाउने हो भने अहिले युवा समूहमा संक्रमण देखिएको जेष्ठ नागरिक र बालबालिकामा पुग्ने उनको चेतावनी छ ।

युवाबाट जेष्ठ नागरिक र बालबालिकामा कोरोना संक्रमण फैलिएमा मृत्युदर बढ्ने चिकित्सक पुनको भनाइ छ । सरकारले कडा गर्ने भन्दा पनि आममानिस स्वयं सचेत रहनु पर्ने उनको सुझाव छ । यदी सर्वसाधारणले लापरवाही गरेमा जेष्ठ नागरिक र बालबालिकामा कोरोना संक्रमण हुने र मृत्युदर ३ देखि ५ प्रतिशत पुग्ने उनको चेतावनी छ ।

कोरोनाभाइरसको संक्रमणको अवस्था, उपचारको प्रक्रिया, नियन्त्रणको उपायलागयत समग्र विषयका क्यानडानेपालका सञ्जिव न्यौपानेले डा. शेरबहादुर पुनसँग गरेको यो भिडियो कुराकानी :

Related Articles

Back to top button