घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन दशको कति ?
काठमाडौं १९ साउन / आज सोमबार अमेरिकी डलर ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको छ ।नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार पनि अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४० पैसा रहेको छ। यस्तै, अमेरिकी डलर १ को विक्रीदर १२० रुपैयाँ रहेको छ।
यूरोपीयन यूरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा, विक्रिदर १४२ रुपैयाँ रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा, विक्रीदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रीदर ८६ रुपैयाँ १५ पैसा, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, विक्रीदर ३२ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६२ पैसा, विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ।
यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५१ पैसा, विक्रीदर ३२ रुपैयाँ ६७ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ १६ पैसा, विक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।