International

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ७४ हजार ८ सय पुग्याे, एकैदिन २५ सय बढीकाे मृत्यु

काठमाडौं, २५ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । अघिल्ला केही दिनहरुमा दैनिक नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि यो संख्या अझै बढी नै रहेको छ ।

बुधबार मात्र अमेरिकामा कोरोनाका २५ हजार ४६९ नयाँ संक्रिमत फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेकाे संख्या ७४ हजार ७ सय ९९ पुगेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ ।

साेमबार र आइतबार भने याे संख्या घटेर निकै तल आएकाे थियाे । मंगलबार र बुधबार फेरी ह्वात्तै बढेकाे छ । त्यहाँ काेराेनाका कारण साेमबार १ हजार ३२४ जना र आइतबार १ हजार १५३ को मृत्यु भएकाे थियाे । तर फेरि मंगलबार र बुधबार दैनिक मृत्युसंख्या दाेब्बरले बढेकाे देखिएकाे छ ।

कुल संक्रमितमध्ये २ लाख १२ हजार ९८१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ७५ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५ हजार ८ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएकाे छ । पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको थियाे तर मंगलबार र बुधबार मृत्यु हुनेकाे संख्या फेरी बढेकाे पाइएकाे छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५२ रहेको छ ।

न्यूयाेर्कमा बुधबार ३ हजार ३५१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख ३३ हजार ४९१ पुगेकाे छ । हालसम्म त्यहाँ २५ हजार ९५६ जनाले ज्यान गुमाइसकेका छन् ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५७३ पुगेको छ । त्यहाँ एकैदिनमा बुधबार मात्र २८० को मृत्यु भएकाे छ भने १ हजार ३५४ नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था

Related Articles

Back to top button
Close