News
किन्नै नसकिने गरि ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति हेर्नुहोस् ।
काठमाडौं १८ साउन / सुनको भाउ ह्वात्तै बढेर आकाशिएको छ । सुनको भाउले तोलामा एक लाख रुपैयाँ छुनै लागेको छ ।
एक तोला सुन किन्न एक लाख रुपैयाँ दिँदा पसलेले अब तपाईलार्ई चार सय रुपैयाँ मात्र फिर्ता दिनेछ । अर्थात् सुनको भाउ ९९ हजार ६ सय पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आइतबार ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ ।