News

बुद्ध जयन्तीमा प्रधानमन्त्रीकाे भावुक सन्देश, साँझ घर-घरमा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौँ, २५द वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज परेकाे २५६४औँ बुद्धजयन्तीका अवसरमा भावुक हुँदै लामाे शुभकामना सन्देश दिनुभएकाे छ ।

उहाँले यदि विश्वव्यापी काेराेना भाइरस महामारीकाे त्रासदी नआइलागेकाे भए आज नेपालका लागि महत्वपूर्ण दिन हुनेथियाे भनी स्मरण गर्नुभएकाे छ । काेराेना त्रासदी नभएकाे भए आज हामी भव्य रूपले अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन आयाेजना गरिरहेका हुनेथियाैँ भन्दै उहाँले खिन्नता प्रकट गर्नुभएकाे छ । यस वेला नेपालमा भ्रमण वर्ष चलिरहेकाे हुनेथियाे र लाखाैँ पर्यटक नेपाल भित्रिरहेका अनि अन्तर्राष्ट्रिय उडानहरू निर्बाध चलिरहेका हुने थिए भन्दै उहाँले लकडाउन गर्नु बाध्यात्मक अवस्था रहेकाे बताउनुभएकाे छ ।

बुद्ध जयन्तीका अवसरमा उहाँले ‘विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गाैतम बुद्धप्रति उच्च सम्मान’ व्यक्त गर्नुभएकाे छ । साथै उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न समेत आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सम्मान दर्शानउ र काेराेना सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभकाे कामना र शान्तिकाे कामना गर्दै आ-आफ्ना घरघरमा र बुद्धस्थलहरूमा साँझ एकैसाथ दीप प्रज्वलन गर्न आग्रह गर्नुभएकाे हाे ।

हेर्नुहाेस् प्रधानमन्त्रीकाे सन्देशकाे पूर्णपाठ-

Related Articles

Back to top button
Close