News
नेपालमा कोरोनाबाट थप एकको मृत्यु
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६५ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी तराईबाट रिफर भएर पाटन पुगेकी थिइन्। उपचारका लागि साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन्। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।
बिहीबार साँझदेखि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनी उच्च रक्तचापबाट पीडित रहेका थिए। योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ।