vada
News

नेपाली नागरिकलाई कुवेत प्रवेशमा प्रतिबन्ध

१६ साउन, दोहा ।कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सूचारु गर्ने निर्णय गरे संगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्रतिबन्ध लगाएको छ ।अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रतिबन्ध लगाएको छ ।

सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ ।यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको थियो ।तर त्यो निर्णय दुई दिन पनि टिक्न नपाउदै कुवेत सरकारले अर्को निर्णय सार्वजनिक गरेको हो । कुवेतले नेपाली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा परेका छन् ।कुवेतमा विभिन्न क्षेत्रमा गरि करिब ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

Related Articles

Back to top button