vada
News

कोरोनाको उच्च जोखिममा धरान

धरान : धरान उपमहानगरपालिकामा कोराना संक्रमणको जोखिम बढेको छ । धरान १३ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि धरानमा कोरोना समुदायस्तरमा फैलिएको छ ।कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि धरानमा व्यवसाय संचालनमा कडाइ गरिने भएको छ । बिहीबार धरान उपमहानगरपालिकामा बसेको सर्बपक्षीय बैठकले धरानमा केही समयका लागि लकडाउनलाई थप कडाइ गर्ने मापदण्ड निर्धारण गरेको छ ।

धरान उपमहानगरपालीकामा बसेको सर्बदलीय बैठकमा मेयर तीलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख एसपी कमल थापा र राजनैतिक दलका प्रतिनिधिसहितको सर्बपक्षीय बैठकले अत्यावश्यक सेवा चौबिसै घण्टा संचालन गर्न दिने तर बजार बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

पसलमा दैनिक आवश्यक सामाग्री खरिद गर्न जाँदा अनिवार्य माक्स लगाउने व्यक्तिलाई मात्र सामाजिक दूरी कायम गरी बिक्री गर्ने र माक्स नलाई सामान खरिद गर्न आउने ग्राहकलाई सामान खरिद गर्न प्रतिबन्ध लगाएको धरानका मेयर तिलक राईले बताए ।

धरानमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेकाले लकडाउनमा कडाइ गर्दै व्यवसाय संचालन गर्न मापदण्ड बनाइएको उनको भनाइ छ । धरानमा एक २८ वर्षीय युवामा कोरोना देखिएपछि धरान उपमहानगरपालिकाले नगरवासीलाई सचेत हुन आग्रह समेत गरेको छ । संक्रमित व्यक्ति प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रत्यक्ष सम्पर्कमा रहेको बुझिएको छ ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button