मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुस यति सस्तोमा पाइन्छ
काठमाडौं १५ साउन / बजाज कम्पनीले लामो समयको लकडाउन पछि आफ्नो बजार मुल्य र स्किम तयार गरेको छ । लकडाउनपछि सबैजसो मोटरसाइकल आयात कर्ताले झैं बजाजले पनि आफ्ना ग्राहकको लागि विभिन्न स्किम ल्याएको हो ।
बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो ।
बजाजका १ लाख ६७ हजार ९ सय देखि ५ लाख २९ हजार ९ सय सम्मका १४ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।
कम्पनीकी महाप्रवन्धक पुनम सिंहले लकडाउनपछि एभरेजमा राम्रै सेल्स भएको र ‘लकडाउनपछि जुन प्रकारले मार्केट बुम हुन्छ भन्ने सोचेका थियौं त्योअनुसार नभएपनि सेल्स चित्त बुझ्दो रहेको बताइन् ।
नेपाली बजारमा बजाज कम्पनीको बाइकहरु निकै रुचाइन्छ । अन्य कम्पनी भन्दा बजाज कम्पन्नी निकै चर्चित कम्पनी पनि हो ।
बजाजको बजार मुल्य यस्तो छ ।