News

लकडाउन खुकुलोः यी हुन् खोल्न मिल्ने ४४ उद्योग (सूचीसहित)

काठमाडौंः सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो गर्दै शुक्रबारदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन केही खुकुलो पारिएको जानकारी दिए । वैशाख २६ गते शुक्रबारदेखि ४४ उद्योग सञ्चालन गर्न सकिनेछ ।

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु४) खाने पानी उत्पादन गर्ने उद्योगहरु५) इँटा उद्योग६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग७) खाने तेल तथा घ्यू उद्योग८) चिनी उद्योग९) चिया प्रशोधन उद्योग१०)

एलपीजी ग्याँस उद्योग११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग१२) कफि उद्योग१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग१५) मसला उद्योग१६) अलैंची र अदुवा प्रशोधन उद्योग१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग१८) धान चामल र चिउरा उद्योग१९) दाल उद्योग२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग२१) खानी तथा खनिजजन्य उद्योग२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग२३)

सिमेण्ट उद्योग२४) आइरन तथा स्टिलउद्योग२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग२९) प्लाइउड र भेनिर उद्योग३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु३१) जस्ता पाता उद्योग३२) हेभी मेशीनरी औजार मर्मत संभार३३) खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)३४) समिल र काष्ठ उद्योग३५)

आल्मुनियम उद्योग३६) ग्रील उद्योग३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग३८) ढुवानी तथा कार्गो सेवा उद्योग३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग४०) मोटर ग्यारेज वर्कसप उद्योग४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

Related Articles

Back to top button
Close