vada
News

भयानक मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया प्रहरी चौकी नजिक मोटरसाइकल दुर्घटना हुँदा बुधबार राति एक युवकको मृत्यु भएको हो ।

हटियादेखि नरेठाँटी जाने क्रममा बुधबार दिउँसो ध १ प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका गल्कोट नगरपालिका–६ हरिचौर चरौदीका २२ वर्षीय अर्जुन नेपालीको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटना लगत्तै स्थानीय इर्मजेन्सी पोलिक्लिनिक प्रालि हटियामा सामान्य उपचार पश्चात थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।दिउँसो ३ बजे दुर्घटनामा परेका नेपालीलाई राति ८ बजे मात्रै अस्पताल ल्याइएकोमा बीच बाटोमै मृत्यु भएको पाइएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

Related Articles

Back to top button