vada
News

आज थप २ सय २७ जना काेराेना जितेर घर फर्किए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितमध्ये दुई सय २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या १४ हजार दुई सय ४८ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा अहिले पाँच हजार दुई सय २७ जना सक्रिय सङ्क्रमित छन् भने १३ हजार दुई सय एक जना क्वरेण्टीनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई २७ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या १४ हजार दुई सय ४८ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

Related Articles

Back to top button