News
प्रहरी हेडक्वार्टरमा थप चारजनामा कोरोना
१४ साउन, काठमाडौँ ।
प्रहरी प्रधान कार्यालय नक्सालका थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ। यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो।