vada
News

टिकटक बनाउनेले अब पैसा पाउने, २४ अर्बको कोष खोल्दै कम्पनी

काठमाडौ । टिकटक प्रयोगकर्ताका लागि खुसीको खबर छ । छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्मले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको हो ।छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ(२० करोड डलर)को कोष बनाउन लागेको जनाएको हो ।यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको नयाँ घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।टिकटकको मापदन्ड अनुसार १८ बर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग हुनेछ । आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने छैन ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् । विश्वभर नै अत्यधिक लोकप्रिय टिकटक पछिल्लो समय भने समस्यामा पर्दै गएको छ ।चीन र भारतबीचको सिमा विवादका कारण भारतले टिकटकमाथी प्रतिबन्ध लगाएको छ भने अमेरिकासँग बढ्दो दूरीका कारण त्यहाँ पनि प्रतिबन्धको सम्भावना उत्तिकै छ ।यहिं सम्भावनालाई क्षीण बनाउन टिकटले हालैमात्र अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने नयाँ योजना पनि सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तामाझ पनि टिकट उत्तिकै लोकप्रिय छ ।एजेन्सीको सहयोगमा ।

Related Articles

Back to top button