vada
News

सुशान्त सिंह राजपूतको देहत्याग प्रकरणमा अभिनेत्री कंगना रनौतको नाम पनि जोडियो

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको देहत्याग प्रकरणमा बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको नाम पनि जोडिएको छ । कंगनालाई मुम्बई प्रहरीले स्पष्टीकरणका लागि दोस्रो पत्र पठाएको छ ।

स्पष्टीकरणका लागि बोलाइए पनि उनी प्रहरी कार्यालयमा हाजिर नभएका कारण दोस्रो पटक पत्र पठाइएको प्रहरीले जानकारी दिएको छ । यस पटक पनि कंगना प्रहरी कार्यालयमा हाजिर नभए पक्राउ गर्ने प्रहरीले बताएको छ । अभिनेता राजपूतको देहत्यागबारे कंगनाले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छिन् ।

उनका अनुसार बलिउडका केही कलाकारले सुशान्तलाई देहत्याग गर्न बाध्य बनाएका हुन् । कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो । कंगनासहित केही कलाकारहरुले बलिउउमा नातावाद रहेका जनाएका छन् ।

Related Articles

Back to top button