News
आज पनि सुनको भाउको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं- आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।लगातार बढ्दै गएको सुनको मूल्य आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेर आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो ।यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।