vada
News

एम्बुलेन्सको ठक्करबाट पैदल हिँडिरहेका एकजनाको ज्यान गयो

काठमाडौं । एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा–९ कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोट घर भएका सागर चनाराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चनारा पैदल हिँडिरहेका थिए । उनी आफन्तको घरमा आएको बताइएको छ ।

गएराती साढे दश बजे कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको एम्बुलेन्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका चनारालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । चनारालाई ठक्कर दिएपछि भागेको एम्बुलेन्स र चालकलाई बाँके प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Related Articles

Back to top button