News
खुशीको खबर खुल्यो नारायणगढ-मुग्लिङ सडक
काठमाण्डौ / केहिदिन यता अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर बाटो बनाइएकाले यो सडकखण्डमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो ।
यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन् । पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो ।
हिजो दिउँसोदेखि साना गाडी चल्न थालेको यो सडकखण्डमा रातिदेखि भने ठूला र सामान बोकेका गाडी पनि एकतर्फी रुपमा आलोपालो गरी चल्न थालेका इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
– फाइल तस्बिर