News

नेपालमै कोरोना सँʼक्रमितलाई खाना लगिदिने रोबर्ट ! महाबिर पुनको एकपछि अर्को चʼमत्कार (भिडिʼयो हेर्नुस)

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई खाना वा अन्य सामग्री पुर्‍याउनका लागि रोबाेट बनाउन सुरु गरेको छ । आइसोलेसन वार्डमा रहेका संक्रमित बिरामीलाई खाना पुर्‍याउने यो रोबाेट २–३ दिनभित्र तयार हुने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

‘आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि खानासहित विभिन्न सामग्री पुर्‍याउने रोबाेट बनाइरहेका छौँ,’ उनले भने, ‘अहिले पार्टपुर्जा जोड्ने काम भइरहेको छ । १/२ दिनभित्र हामी तयार गरिसक्छौँ ।’

सुरुवातमा परीक्षणका लागि एउटा रोबाेट बनाउन लागिएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । उनका अनुसार रोबाेट निर्माण भएपछि सैनिक अस्पताल छाउनीमा परीक्षण गरिनेछ । त्यस्तै, केन्द्रले कोरोना संक्रमितको उपचारका लागि थप २ काम पनि पूरा भएको जनाएको छ ।

केन्द्रले कोरोना संक्रमितका लागि आवयश्यक पर्ने एरोसोल बक्स र इमर्जेन्सी भेन्टिलेटर तयार भएको जनाएको हो ।

(भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close