News
नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
०९ साउन, काठमाडौंः नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।
उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ३३ संक्रमण भएको पुष्टि भएको हो ।
त्यस्तै, हालसम्म नेपालबाट १२ हजार ९ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।