News
आजपनि ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ? हेर्नुहोस् ।
काठमाडौं ०९ साउन / सुन दिनप्रतिदिन महँगो हुँदै गएको छ । लकडाउन खुलेको तेस्रो दिनमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेको हो। अप सिजनमा पनि सुनको मूल्यमा निकै उतारचढाव आइरहेको छ ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।