vada
International

अमिताभले भने – ‘म कोरोना मुक्त्त नहुँदै भारतीय मिडियाले झुठा खबर भाइरल बनाए

एजेन्सी । भारतीय सुपरस्टार अभिनेता अमिताभ बच्चनको कोरोनाको रिर्पोट नेगेटिभ आएको भन्ने समाचारको अमिताभ स्वयमले खण्डन गरेका छन् । अमिताभले बिहीबार साँझ ट्वीट गर्दै भारतीय मिडिया झुठा भएको भन्दै आक्रोश पोखेका छन् ।भारतीय मिडियाले अमिताभ बच्चनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको र डिस्चार्जको तयारीमा रहेको भन्दै समाचार आएकोमा अमिताभले आपत्ति वजाउँदै ती समाचारहरु सत्य नभएको भन्दै खण्डन गरेका छन् ।

अमिताभका साथै अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन तथा अभिषेक र ऐश्वर्याकी छोरी आराध्या १२ दिनदेखि कोरोना संक्रमणको शिकार बनेर मुम्बईको नानावती अस्पतालमा उपचाररत छन्। अमिताभका छोरा अभिषेकको भने कोरोना रिर्पोट नेगेटिभ आएको समाचारमा जनाइएको छ ।प्रायजसो सामाजिक संजालमा औधी सक्रिय हुने अमिताभ बिरामी भएको समयमा पनि अस्पतालमा नै आराम गरेर सामाजिक संजालमा भने निरन्तर अपडेट भइ नै रहेका छन् ।भारतीय मिडिया विश्वमा नै सर्वाधिक झुठा भन्ने प्रमाणहरु बेला बेलामा आइ नै रहेका छन् । भारतीय मिडियाले चीन, नेपाल, पाकिस्तान, लगायतका आफ्ना छिमेकी राष्ट्रहरु विरुद्ध अफवाह फैलाउने बाहेक अन्य काम नै गरेको छैन ।

Related Articles

Back to top button