vada
News

भदौ दोस्रो साताबाट सञ्चालन हुने परीक्षाको रुटिनबारे आयो यस्तो अपडेट

काठमाडौं । त्रिविका रोकिएका सबै परीक्षाको कार्यतालिका सात गते (भोलि) सार्वजनिक हुने भएको छ । लकडाउनका कारण रोकिएको परीक्षा सञ्चालन गर्ने तयारीमा रहेको त्रिविले कसरी गर्ने भन्ने बारे बहस गरिरहेको छ ।यो बीचमा त्रिभुवन विश्वविद्यालले कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन गर्ने तयारी थालेको खुल्न आएको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको सङ्क्रमण र लकडाउनको अवस्था हेरेर सम्बन्धित डिन कार्यालयले सम्भव भए परम्परागत विधिबाटै र नभए अन्य विकल्प प्रयोग गरेर परीक्षा सञ्चालन गर्न सक्ने शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ र सरकारले गर्ने लकडाउनलाई हेरेर परीक्षा कसरी गर्ने भन्ने निर्णय सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय सञ्चालन गर्नेछ ।शिक्षाध्यक्ष प्राडा। भुसालले भन्नुभयो,‘अवस्था वर्तमान कै कायम भएमा सामाजिक दुरी कायम गरेर परम्परागत विधिबाट असामान्य भएमा आन्तरिक मूल्यांकन, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा सञ्चालन हुने छ ।’ पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छ ।

Related Articles

Back to top button