vada
News

प्रभाससँगको नयाँ फिल्मका लागि दीपिकाले मागिन २० करोड पारिश्रमिक

प्रभासको अर्को फिल्ममा अनुबन्ध भएलगत्तै दीपिका पादुकोण भारतीय सिनेमाको इतिहासकी सर्वाधिक कमाई गर्ने नायिका बनेकी छिन्।

प्रभासको यो फिल्मको घोषणा तीन दिनअघि भएको थियो । दीपिका आफ्नो फिल्ममा मुख्य नायक बराबरको पारिश्रमिक लिने गर्छिन् । तर यो फिल्मका मुख्य नायक प्रभासको पारिश्रमिक ५० करोड हो । दीपिकालाई ५० करोड त होइन तर २० करोड पारिश्रमिक सहित फिल्ममा अनुबन्ध गरिएको थियो ।

दीपिकाको स्टारडमका लागि फेरियो कहानीः
फिल्ममा नायिकाको भूमिका प्रभासको भूमिकाभन्दा कम महत्वको थियो । तर दीपिका बोर्डमा आएपछि अब यसमा नायिकाको स्टारडम र पारिश्रमिकको अनुसार परिवर्तन गरिँदै छ । फिल्मको प्रोडक्सन पूजा दत्ताको वैजयन्ती प्रोडक्सन गरिरहेको छ । वैजयन्ती प्रोडक्सन हाउस साउथ सिनेमामा आफ्नो ५० वर्ष पूरा गरिरहेको छ । निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान गरिएको छ।

श्रद्धा कपुरपछि दीपिका दोस्री नायिकाः
दीपिका प्रभाससँग काम गर्ने दोस्री बलिउड नायिका हुन् । यसअघि श्रद्धा कपुर साहोमा प्रभासको अपोजिट थिइन् । प्रभासको २० औं फिल्ममा भाग्यश्री पनि उनीसँग देखिने भएकी छिन् । फिल्मको घोषणा भएलगत्तै दीपिका र प्रभासले एक–अर्कालाई सोसल मिडियामा फलो गर्न पनि सुरु गरेका छन् । दीपिका रणवीर सिंहसँग फिल्म ‘८३’ मा पनि देखिनेछिन्।

Related Articles

Back to top button