vada
Video

गायिका थापालाई ज्यान मार्ने धम्की

काठमाडौँ । गायिका सोफिया थापाको गीत ‘नो ब्रत प्लिज’ युट्युबबाट हटाइएको छ। आइतबार दिउँसो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत बुधबार दिउँसो हटाइएको हो।

गीत हटाउन भन्दै गायिका थापालाई लगातार धम्की आएपछि युट्युबबाट गीत हटाइएको छ। गायिका सोफिया थापाले आअबको तीज नो ब्रत प्लिजु गीत हटाउन लगातार दबाब दिइएको बताएकी थिइन्। हिन्दु धार्मिक संगठनका नाममा केही व्यक्तिहरुले गीत युट्युबमा सार्वजनिक भएलगत्तै आफूलाई फोन गरी हटाउन भनिएको र गीत नहटाए घरमै आएर शारीरिक क्षति पुर्‍याउने धम्कीसमेत दिइएको उनले बताइन् ।

‘दुर्व्यवहार र बुलिङ गर्ने शब्दहरुको प्रयोग गर्दै धम्की आइरहेको छ। हिन्दु जागरण र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा मलाई धम्की दिइरहेको छ । निम्नस्तरको गालीसहितको मेसेजहरु आइरहेका छन्। बिहानदेखि फोन आइरहेको छ । गीत हटाएन भने सञ्चार मन्त्रालयमा गएर उजुरी दिने पनि भन्नु भएको छ,’ उनले भनिन्।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

Related Articles

Back to top button