News

गायक पुश्कल शर्माले लकडाउनमा समस्या परेका गरिब दुखीलाई बाडे राहत

बैशाख / लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिब तथा बहुचर्चित लोकप्रिय कलाकार पुस्कल शर्माले यो लकडाउन अबधिभर सामाजिक कार्यमा आफ्नो दिन ब्यतित गरेका छन।

बिश्वभर फैलिएको कोरोना भाइरस कोभिड-19 को प्रभाव नेपाल पनि अछुतो हुन नसकेको यो महामारीको बेला देश अहिले लक डाउनको अबस्थामा छ ।

यो लकडाउनका कारण दैनीक ज्याला मजदुरिमा आफ्नो जिबिकोपार्जन गर्ने मजदुर तथा न्यून आय श्रोत भएका घरपरिवरलाइ साझ बिहान छाक टार्ननै अभाब परिरहेको यो बेलामा कलाकार शर्माले आफ्नो गृह जिल्ला पाल्पामा रहेका अति बिपन्न घरपरिवारहरुलाइ आफ्नो ब्यक्तिगत तर्फ बाट राहत बितरण गरेका छन ।

कलाकार पुस्कल शर्मा एक कलाकार मात्र नभइ एक सामाजिक ब्यक्तित्व पनि हुन उनले बेला बेलामा सामाजिक कार्य गर्दै आइरहेका उदाहरणहरु पनि थुप्रै देख्न पाइन्छ ।हामी एक सामाजिक प्राणी हौं अरुको दुखलाइ आफ्नो दुखलाइ आफ्नो दुख सगँ तुलना गरेर मात्र हामी वास्तविक सामाजिक कार्यमा लाग्नु पर्ने कलाकार शर्माले बताउछन ।उनले आफ्ना फ्यान शुभचिन्तक गित सङ्गीत प्रेमिहरुलाइ यो महामारीको बेला सबैले आफ्नो आफ्नो ठाउँ बाट मानबिय सेवा कार्यमा खट्न आह्वान समेत गरेका थिए ।

शर्मा आफू गृह जिल्लामा मानबिय सेवा कार्यमै ब्यस्त रहदा रहदै पनि अनेत्र जिल्लाहरुबाट पिडितहरुको मागलाई सम्बोधन गरु फोन सम्पर्क बाटै अनेत्र जिल्ला समेत राहत जुटाउने अभियान समेत छन।

आफू उपस्थित हुन सम्भब हुने स्थानमा आफै उपस्थित भइ सेवा कार्यमा खटिरहेका छन भने आफू उपस्थित असम्भव स्थानहरुमा फोन सम्पर्क बाटै राहतको ब्यवस्था मिलाउने काम समेत गरेका छन।

गीत सङ्गितको यात्रामा एउटा कलाकारको लागि तिनै पिडित दर्शक श्रोता भगवान हुन तर यो महामारी अबस्थामामा कलाकार पुस्कल शर्मा उहाँहरुको लागि भगवान बन्न पुगे। उहाले आफ्नो ब्यक्तिगत तर्फ बाट चामल,दाल,नुन, तेल र साबुन लगायतका राहत सामाग्री बितरण गर्नु भएको हो।

Related Articles

Back to top button
Close