vada
News

यी हुन् कोरोनाबारे फेसबुकमा अफवाह फैलाउने युवक !

शनिबार बिहान एकाएक फेसबुकमा एउटा अडियो रेकर्ड सार्वजनिक भयो । १ मिनेटको अडियो रेकर्डमा एकजना युवकले नेपालमा पनि कोरोनाभाइरस भित्रिसकेको भनिरहेका थिए ।

उक्त अडियो रेकर्ड सामाजिक संजालमार्फत भाइरल बनाउने युवकलाई शनिबार नै प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा रामेछापका २० बर्षीय विवेक थापा रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले भक्तपुरको सिपाडोलबाट पक्राउ गरेको हो ।

सामाजिक संजालमा उक्त अडियो भाइरल भएपछि नर्भिक अस्पतालले विज्ञप्ती नै निकालेर अस्पतालमा कोरोना भाइरसका बिरामी नरहेको जानकारी दिइसकेको छ । पक्राउ परेका युवकलाई एक बर्षसम्म जेल सजाय वा दश हजार जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।

के थियो अडियो रेकर्डमा

हिमाल.. तिमिलाई एउटा इम्पोर्टेन्ट न्यूज सुनाउनको लागि फोन गरेको । अहिले भर्खरै हाम्रो टोलमा एकजना नर्भिक हस्पिटलमा काम गर्ने स्टाफ हुनुहुन्छ । उहाँले के भन्नुभयो भने, धेरै भएको छैन, एक दुई दिन अघि ९ जनामा परिक्षण गर्दा ६ जनामा कोरोनाभाइरस देखायो रे ! यो न्यूज चाहीँ एकदम फेक होइन रे ! खास भन्ने हो भने नेपालमा महामारीको रुपमै फैलिसकेको छ रे हिमाल, मैले चाही आफ्नो जतिलाई सबैलाई इन्फर्म गरिराछु । यो न्युज मिडियामा आउँदैन पनि हेर, यो कुराहरु लुकाको छ सरकारले । नर्भिक हस्पिटल यहीँ पुल्चोकमा ६ जनालाई कोरोनाभाइरस देखाइसक्यो रे ! अझै कति जनालाई लागेको छ थाहा छैन रे महामारि फैलिसकेको छ हिमाल । आफ्नो रिलेटिभ्सहरुलाई पनि भनिराख । बि सेफ है । यहीँ नर्भिक हस्पिटलमा काम गर्ने दाइले भनेको, उहाँले किन झुट बोल्नु होला र ! अझै अर्को कुरा टिचिङमा पनि ४÷५ जनालाई लागेर मरेर पनि जलाउन लगेको पनि……।

Related Articles

Back to top button
Close