vada
News

साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खुल्ने पाइने

काठमाडौं- सरकारले आँउदो साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खुल्ने पाँउने निर्णय गरेको छ । सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडालेआउँदो साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय भएको बताएका छन् । तर होटल र रेस्टुरेन्टमा सामूहिक भोज र पार्टी गर्न पाइने छैन । यस्तै ट्रेकिङ, ट्राभल र पर्वतारोहणका व्यवसाय खोल्न पाइने खतिवडाले बताए ।अहिले व्यवसाय खोलेर बुकिङ लिँदै गर्ने र कोरोनाको जोखिम कम हुनेबित्तिकै पर्यटक ल्याउन सकिने छ ।

त्यस्तै साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । सरकारल ेकोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णग गरेको हो । साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएको हो । सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडा बताए ।सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने बताइएको छ ।

Related Articles

Back to top button