Video

नेपालगन्जमा यसरी भयो प्रहरी माथि आ’क्रम’ण (भिडियो हेर्नुस्)

नेपालगन्ज, २४ वैशाख । निषेधित क्षेत्र घोषित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मंगलवार प्रहरी र स्थानीय व्यापारीबीच झ ड प भयो । । झ ड पका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तो ड फो ड गरियो ।

अहिले प्रहरी माथि भएको सो आ क्र म णको भिडियो सार्वजनिक भएको छ । भिडियोमा तीन जना प्रहरी अगाडी अगाडी दौडिएको देखिन्छ पनि उनीहरुको पछाडी युवाहरुको एक हुल छ । युवाको हुलले ढुं गा र इ ट्टा प्रहरी तर्फ प्र हा र गर्दै ल खे टेको देखिन्छ । प्रहरी भा गेर टाढा पुगिसकेपछि ति युवाले रोकिराखेको प्रहरीको गाडीमाथि ढुँ गा प्र हा र गर्दै तो ड फो ड गरेको भिडियोमा देख्न सकिन्छ ।

बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूह र प्रहरीबीच झ ड प भएको हो । झ ड प मा एक सर्वसाधारण घाइते भएको भन्दै भिडियो सार्वजनिक भएको थियो । ब्यवसायीले प्रहरीको गाडीमा तो ड फो ड गर्दा गाडीको अगाडिको सिसा फु टे को प्रहरीले जनाएको छ ।

झ ड प पछि प्रहरीले ब्यापक जनशक्ति परिचालन गरी केहीवेरमा स्थिती सामान्य बनेको थियो । निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा प्रहरी पुग्दा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हा त पात गरे पछि प्रहरीले सामान्य बल प्रयोग गरेको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन) का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना सं क्र म ण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ ।

Related Articles

Back to top button
Close