vada
News

साउथ फिल्मकी चर्चित अभिनेत्री ऐश्वर्यामा पनि देखियो कोरोना संक्रमण

काठमाडौं – साउथ फिल्मकी चर्चित अभिनेत्री ऐश्वर्या अर्जुनलाई कोरोनाभाइरसको संक्रमण देखिएका छ । साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी ऐश्वर्याले आफुलाई कोरोना पुष्टि भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना भएको बताउदै आफु नजिक भएका सबैले कोरोना परिक्षण गर्न सुझाव दिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ ।

अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु । पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।” उनले सन् २०१३ मा तमिल फिल्म ‘पट्टाथु यानाई’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी थिइन् ।

पछिल्लो समय भारतका चर्चित कलाकारहरुमा पनि कोरोनाभाइरसको संक्रमण देखिन थालेको छ । यसअघि बलिउड महानायक अमिताभ बच्चनका परिवार, अनुपम खेरका परिवार, अभिनेत्री रेखा र फराहन अख्तरका सेक्युरिटी गार्डमा पनि कोरोना देखिएको थियो ।

Related Articles

Back to top button