माइत हिडेकी अन्जनाको माइती गाउँ पुग्न नपाउदै खोलाले बगायर मृत्यु
काठमाडौं ०६ साउन / तेह्रथुममा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान भाग्यले बचेका छन् ।तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु हो ।उनका श्रीमान घा’इते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिएका छन् ।
अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृ त अवस्थामा स्थानीयले भेटाएका थिए ।मृ तकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै सप्तकोशी नदीमा आज बिहान यस वर्षकै उच्च बहाव मापन गरिएको छ ।मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ ।
यो वर्षकै उच्च मापन हो ।ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको हाे । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । कोसीको बहावले खतराको सतह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
उनीहरुलाई नदी किनाराकाे बस्तिमा नबस्न सूचित गराइएकाे छ । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पस्न थालेको छ ।